Author
शनिबार भएको फाइनलमा चेल्सी फुटवल क्लबलाई १–० ले हराउँदै लिसेस्टर सिटी (फक्स)ले पहिलोपल्ट एफए कप उचालेको छ । बेल्जियन खेलाडी योरी तिलेम्यानले ६३ मिनेटमा २५ यार्डबाट गरेको एकमात्रै गोल फाइनलको निर्णायक गोल बन्यो ।
विम्लीमा भएको फाइलन हेर्न लकडाउन यताकै सबैभन्दा धेरै २१ हज्जार दर्शकहरु उपस्थित थिए । त्यसो त सन् १९६९ पछि पहिलोपल्ट फक्स एफ ए कपको फाइनलमा पुगेको हो । त्यसअघि पनि इतिहासमा चार–चार लिसेस्टर एफ एक को फाइनलमा पराजित भइसकेको थियो ।
अहिलेसम्म ४४ फरक–फरक इंलिस टिमले एफ ए कप उचालेका छन् । भने चेल्सी लगातार दोस्रो पटक फाइनल गुमाउने दोस्रो टिम बनेको छ । अघिल्लो सिजन चेल्सी एफ ए कप फाइनलमा म्यानचेस्टर सिटीसँग भएको थियो । यसअघि न्युक्यासल युनाइटेडले १९९७–९८ तथा १९९८–९९ मा लगातार दुई फाइनल गुमाएको थियो ।
त्यस्तै अहिलेसम्म जम्मा ४५ वटा एफ ए कप फाइनल १–० को परिणाममा टुङ्गिएका छन् । त्यस्तै बेन्डन रोजर्स सर एलेक्स फगुर्सन पछि स्कटिस र इंलिस दुवै एफ ए कप उचाल्ने दोस्रो प्रशिक्षक बनेका छन् ।
पछिल्ला तीन एफ ए कप फाइनलमा तीन फरक–फरक बेल्जियन खेलाडीले गोल गरेका छन् । १८–१९मा चेल्सीका लागि इडन हाजार्डले, १९–२०मा सिटीका लागि केभिन डि ब्रुनेले तथा यसपाली फक्सको लागि तिलेम्यानले गोल गरेका हुन् ।
चेल्सीका ओलिभर जेरोड दोस्रो विश्वयुद्धपछि सर्वाधिक एफ ए कप फाइनल खेल्ने चौथौं खृलाडी बनेका छन् । यो उनको छैठौं फाइनल हो । यसअघि एस्ले कोल (८), रायन गिग्स (७) तथा रोय केन (७) पटक एफ ए कप फाइनल खेलिसकेका छन् ।
सन् १८७१–७२ को सिजनमा सुरु भएको एफ ए कप इंग्ल्याण्डको १५० वर्ष पुरानो नक आउट फुटबल प्रतियोगिता हो भने १४ पटक यो उपाधि उचाल्ने आर्सनल यसको सर्वाधिक सफल टिम हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...