काठमाडाैँ - एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेकाे नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एकरएक गोल गरेका थिए ।
बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...