काठमाडाैँ - एएफसी महिला एसियन कप –२०२२ छनोट अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशका राष्ट्रिय महिला टोलीसँग पहिलो खेल खेल्दै छ ।


तस्विरः एनफा


खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ । मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । 

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...