काठमाडौँ- छिमेकी प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले पराजित भएको छ । आतिबार (आज) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो ।

बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गरिदिदा नेपाल अग्रता लिनबाट चुकेको हो।

साफ च्याम्पियनसिपको तयारीका लागि दुई देशले मैत्रीपुर्ण खेल खेलेको हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...