काठमाडाैँ - नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल सुरु भएको । खेल दशरथ रंगशालामा सुरु भएको हो ।
यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो । आजको खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीका तर्फबाट ७४ औं खेल खेलेर नयाँ कीर्तिमान बनाएका हुन् ।
अहिलेसम्म विराज महर्जनले सर्वाधिक ७३ वटा राष्ट्रिय खेल खेलेका छन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...