काठमाडौँ - अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ ।
दशरथ रंगशालामा पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको हो । खेलको ३६ मिनेटमा गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् ।
भारतका डिफेण्डर चिङ्लेन्सानसिङ र गोलकिपर गुरप्रीत सिंहको समन्वयको अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् । नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल आयोजना भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...