काठमाडाैँ - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । इरानका प्रसिद्ध फुटबल खेलाडी अली डेइको १५ वर्षदेखिको कीर्तिमान तोड्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुनु । 

विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै  रोनाल्डोले इरानी खेलाडी अलीले बनाएको १०९ गोलको कीर्तिमान तोडेका हुन् 



रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ सय ११ पुर्याएका छन् । रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोको २ गोलसँगै पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । 


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...