काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो ।
९ असोजबाट शुरू हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशी हो ।
यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन् । चितवन टाइगर्सले बुधबार टिमको घोषणा गर्ने भएको छ ।
प्रतियोगिता ९ देखि २३ असोजसम्म काठमाडौंमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज यस प्रतियोगिता खेल्नेछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...