Author

स सिजनको इंलिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएसँगै सिटीले अन्तिम तीन खेल खेल्नु अगावै उपाधि जितेको हो । सिटीले पछिल्ला चार सिजनको अन्तरमा इंलिस प्रिमियर लिग जितेको यो तेस्रो पटक हो । उसले २०१८ र २०१९ मा पनि लगातार इंलिस प्रिमियर लिग जितेको छ । अघिल्लो वर्ष प्रिमियर लिग लिभरपुलले उचालेको थियो ।

यो सँगै कुल ६ इंलिस प्रिमियर लिगको उपाधि आफ्नो पोल्टोका पारेमा छ । त्यस्तै पेप गार्डीओलाको प्रशिक्षणमा सिटीले हासिल गरेको यो आठौं उपाधि हो, उनले २०१६ यता सिटीलाई प्रशिक्षण दिन थालेका थिए ।

यस सिजन सिटीले लिगमा ३५ खेलबाट ८० अंक जोडिसकेको थियो । हारले युनाइटेड ७० अंकमै खुम्चिएपछि सिटीको सातौं प्रिमियर लिग उपाधि पक्का भयो । खेलको १० औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टर सिटीलार्ई अग्रता दिलाएपनि मासन ग्रिनउडले १५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट बराबरी गोल फर्काएका थिए । ६६ मिनेटमा काग्लर सोयुन्कुले लेस्टरबाट निर्णायक गोल गरे, २–१ ले खेल गुमाएपछि युनाइटेडले उपाधि सिटीलाई सुम्पियो । 

यस सिजन सिटीले जितेको यो दोस्रो प्रमुख उपाधि हो । यसअघि नै सिटीले दुई साताअघि लिग कपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि सिटीले फाइनलमा स्थान बनाइसकेको छ, जहाँ उसले २९ मेइमा चेल्सीको सामना गर्ने छ । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...