काठमाडाैँ - अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीबाट) डेब्यु गरेका छन् । गएराति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् ।
रिम्सको मैदानमा उपस्थित दर्शकसामु खेलको ६६ औं मिनेटमा ३० नम्बरको जर्सीमा मैदान प्रवेश गरेका मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनमा बार्सिलोना बाहेक अर्को टिमबाट पहिलो पटक खेलेका हुन् ।
मैदानमा मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सी नेइमारको ठाउँमा मैदान प्रवेश गरेका हुन् ।
रिम्समाथि पीएसजीले २–० को जित निकालेको छ । दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...