काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिदेशीय श्रृङ्खलापछि औपचारिक रुपमा टोली छाड्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हिजो इमेलमार्फत राजीनामा पत्र पठाएका वाटमोरले नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग–२ को श्रृङ्खलापछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् ।

वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए । वाटमोर त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका लागि ओमानमा छन् । त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...