कोरोना प्रभावका कारण रातो सूचीमा रहेका मुलुकहरूमा आगामी महिना हुने विश्वकप छनौटका खेलमा इङ्लिस प्रिमियर लिगले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ । ती मुलुकबाट अन्तर्राष्ट्रिय खेल खेलेर फर्किएपनि ईङ्गल्याण्डमा तिनले अनिवार्य १० दिनको क्वारेन्टाइन बस्नुपर्ने भएकोले इजिप्ट, ब्राजिल र अर्जेन्टिनाका खेलाडीले सेप्टेम्बरका विश्वकप छनौटका खेल गुमाउने भएका हुन् । 

इजिप्टियन फुटबल एसोसिएसनका अनुसार, एजिप्टले एङ्गोला र गाबन विरुद्ध विश्वकप छनौटको खेलमा लिभरपुलले आफ्ना स्टार खेलाडी सलाहलाई पठाउन नमानेको जानकारी दिएको छ । इजिप्ट पनि कोरोना संक्रमणको रातो सूचिमा छ । त्यसैगरि, लिभरपुलले फेबिन्हो, फिर्मिनो र गोल किपर एलिसन बेकरलाई पनि विश्वकप छनौटका अन्तर्राष्ट्रिय खेल खेल्न जान दिन अश्विकार गरेको छ । ब्राजिलपनि बेलायतले बनाएको कोरोना संक्रमण जोखिमको रातो सूचीमा छ । 

प्रिमियरको यो निर्णयले झण्डै ६० खेलाडी आफ्नो अन्तर्राष्ट्रिय जिम्मेबारीबाट बञ्चित हुनेछन् । उसको कोभिड–१९ जोखिमको रातो सूचिमा त्यहाँ फुटबल खेल्ने खेलाडीका २६ देशहरू परेका छन् । 

क्लब र मुलुकबीचको खेलाडी तानातानको स्थिति बाहिरिँदै गर्दा प्रिमियर लिगले यस्तो निर्णय आफ्नो हातमा लिएको हो । यस निर्णयबाट म्याचेस्टर सिटीका किपर एडर्सन र फरवार्ड गाब्रियल जिससले पनि ब्राजिलको लागि आगामी अन्तर्राष्ट्रिय खेल गुमाउनेछन् । लिड्सका राफिना, युनाइटेडमा फ्रेड तथा इभर्टनका रिचार्लसन पनि ब्राजिलको लागि खेल गुमाउने खेलाडीको सूचीमा थपिएका छन् । 

त्यसैगरि, टोटेनहमका क्रिस्चियन रोमेरो र गियोभानी लो सेल्सो तथा एस्टन भिल्लाका इमिलियानो मार्टिनेज तथा इमिलियानो बुन्डियाले पनि अर्जेन्टिनाको लागि अर्जेन्टिनाको लागि वल्र्डकप छनौंट गुमाउने भएका छन् । न्युक्यासलका मिगुयल अल्मिरोनले पनि पराग्वेको लागि अन्तर्राष्ट्रिय खेल खेलेमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यि दुवै देशलाई पनि बेलायतले कोभिड–१९ जोखिमको रातो सूचिमा राखेको छ । 

प्रिमियरको यो निर्णयले झण्डै ६० खेलाडी आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीबाट बञ्चित हुनेछन् । उसको कोभिड–१९ जोखिमको रातो सूचीमा त्यहाँ फुटबल खेल्ने खेलाडीका २६ देशहरू परेका छन् । 

एजेन्सीको सहयोगमा

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...