जर्मनीकै सबैभन्दा महान खेलाडी तथा १९७४ को विश्वकप फाइनलका सुपरस्टार गर्ड मुलरको ७५ वर्षको उमेरमा गत बुधबार निधन भयो । १९७४ को विश्वकप फाइनलमा उनले नेदरल्याण्ड विरुद्ध गोल गर्दै जर्मनीलाई उपाधि दिलाएका थिए ।
त्यसैगरी, उनले १९७२ को युरोपियन च्याम्पियनसिपको फाइनलमा पनि सोभियत युनियन विरुद्ध गोल गर्दै आफ्नो मुलुक तत्कालीन पश्चिम जर्मनीलाई उपधि दिलाएका थिए ।
उनले आफ्नो राष्ट्रिय टोलीको लागि ६२ क्याप जित्दै कुल ६८ गोल गरेका थिए । राष्ट्रिय टोलीको लागि उनले प्रत्येक खेल एक गोल भन्दा बढीको रेकर्ड छ ।
त्यसैगरी, बायर्न म्युनिखको लागि घरेलु तथा युरोपियन लिगमा दबदबा कायम राख्न पनि त्यतिबेला यिनै जायन्ट मुलरको ठूलो भूमिका थियो । त्यहाँ पनि यिनको गोल रेकर्ड छक्क पार्ने खालको छ । उनले १५ वर्ष बायर्नमा बिताउँदा सात सिजन सर्वाधिक गोल कर्ता बनेका थिए भने क्लबलाई चार पटक बुन्डेसलिगा, तीन पटक युरोपियन कप र एक पटक युरोपियन कप विनर्स कप जिताउन उल्लेख्य भूमिका खेलेका थिए ।
गर्ड मुलरले ४२७ वटा बुन्डेसलिगाका खेल खेल्दा ३६५ गोल गरेका थिए । यो नै बुन्डेसलिगाको एक खेलाडीले गरेको सर्वाधिक गोल संख्या हो ।
मझौलो उचाइका मोटा–मोटा गर्ड मुलरको सन्तुलन भने बढो गजबको थियो । छोटो दूरीमा उनको गति एकदमै तेज हुने गथ्र्यो । त्यसैले उनी ६ यार्डभित्र अकल्पनीयसँग छरितो र खतरा थिए । त्यहाँ उनी सही सुझबुझपूर्णसँग अवसरको सदुपयोग गर्ने गर्थे । त्यसैले यही क्षेत्रबाट मुलरले तुलनात्मक रुपमा अत्याधिक गोल निकालेका छन् । त्यस्तै उनी केवल ५ फूट ९ इन्चका थिए, तरपनि उनी उत्कृष्ट हेडर थिए ।
जर्मन फुटबल एसोसिएनसँगको खटपटपछि उनले २८ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट सन्यास लिए । पछि उनले विवादकै कारण बार्यन पनि छोडे अनि अमेरिकाको फोर्ट लउडरडालेबाट खेले । त्यसपछि फेरि उनी फरक भूमिका सहित प्रशिक्षकका रूपमा म्युनिख फर्किए ।
मुलर बाभारियास्थित नर्डिङ्गेनमा जन्मिएका थिए । सामान्य कामदार जोहान र क्रिस्टिनाका पाँच सन्तान मध्ये एक मुलरले १४ वर्षमा स्कुल छोडेर तान बुन्ने काम सिकेका थिए । १७ वर्षको उमेरमा १९६२मा उनले आफ्नै घरेलु क्लब टिभिएस नर्डिङ्लेनको पहिलो टिमबाट फुटबल खेल्न थाले । १९६३–६४ को सिजनमा उनले ५१ गोल गरे । नजिकैको बार्यन म्युनिखले यो अद्वितिय क्षमताबारे थाहा पायो र १९६४ मा मुलरलाई अनुबन्धित गर्यो ।
बार्यन त्यतिबेला बुन्डेसलिगा भन्दा तल्लो डिभिजनबाट खेलिरहेको थियो । यसले १९३२मा एउटा नेसनल लिग उपाधि जित्न वाहेक केही उपलव्धि हासिल गरेको थिएन । यो क्लब जर्मन फुटबलमा एक नगण्य क्लब थियो भन्दा हुन्छ । तर, मुलरसँगै पछि फ्रन्ज बेकेनबर र सेप माएरलाई अनुबन्धन गरेपछि बायर्न त्यसै वर्ष लिगको पहिलो डिभिजनमा उक्लिएको थियो ।
एउटा गर्ड मुलरको अनुबन्धनले गर्दा दशकौंसम्म उक्त क्लबले अद्वितिय उपलव्धि हासिल गर्ने पृष्टभूमि तयार पारेको थियो भने मुलरकै कारण बाँकी शताब्दी र आजको दिनसम्मपनि युरोपकै एक महारथीको रूपमा उभिन सफल भइरहेको छ ।
बायर्नले पहिलोपल्ट १९६८–६९मा बुन्डेसलिगा जित्यो । त्यसपछि १९७१–७२सम्म गरि लगातार तीन पटक लिग उचाल्यो । यि हरेक तीनै सिजन मुलरले ५०–५० भन्दा गोल गरेका थिए । १९७०मा उनी युरोपियन वर्ष खेलाडीका रूपमा आफ्नो नाम लेखाए । १९७४ मा क्लबलाई पहिलो युरोपियन कप दिलाए । फाइनलमा बायर्नले एथलेटिको म्यड्रिड विरुद्ध गरेको कुल चार गोल मध्ये दुई गोल मुलरले नै गरेका थिए ।
त्यसैगरी, १९७५को युरोपियन कप फाइनलमा पनि मुलरले लिड्स युनाइटेड विरुद्ध गोल गरेका थिए । तर, १९७५को युरो
यन कपमा भने सेन्ट एटिनेसँग पराजित हुँदै बायर्नले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । त्यो युरोपियन कपमा पनि मुलरले पाँच गोल गर्न भ्याएका थिए ।
त्यस्तै १९६६ मा मुलरले टर्की विरुद्धको खेलमा पश्चिम जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसको चार वर्ष पछि १९७० मेक्सिको विश्वकपमा १० गोल सहित गर्ड मुलरले उच्च गोलकर्ताको लागि गोल्डेन बुट जितेका थिए । ती गोल मध्ये क्वाटरफाइनलमा इङ्गल्याण्ड विरुद्धका र सेमिफाइनलमा इटाली विरुद्धका दुई गोल पनि समावेस थिए ।
दुःखको कुरा १९७४को विश्वकप विजेता २८ वर्षे मुलरले राष्ट्रिय टिमबाट अब नखेल्ने घोषणा गरे । आधिकारिक रुपमा त यिनले परिवारलाई समय दिनु पर्ने भएकोले नखेल्ने बताए । तर खासमा जर्मन फुटबल एसोसिएसनले विश्व कप जितेको पोस्ट म्याच वल्र्ड कप उत्सवमा खेलाडीका श्रीमतीहरुलाई आउन बन्देज लगायो । यो कुरा मुलरलाई चित्त बुझेन र एसोसिएसनसँग खटपट पर्यो । अनि एक्कासी उनले सन्यासको घोषणा गरिहाले ।
भला उक्त विश्वकपमा इटालीसँग जर्मनी पराजित भएको थियो । तर, यस विश्वकपको सहानुभूतिस्वरुप दुई वर्ष पछि जर्मनीले सोभियत युनियनलाई हराउँदै युरोपियन च्याम्पियनसिप उचालेको थियो । फाइनलमा मुलरले नै निर्णायक दुई गोल गरेका थिए ।
१९७४ को विश्वकपमा विजेताको भूमिकामा मुलर खास सशक्तसँग चम्किए । नेदरल्याण्ड विरुद्धको फाइनलमा रेनर बोनहफको क्रसलाई गोलमा परिणत गर्दै मुलरले हाफ टाइम भन्दा केही अघि खेललाई २–१ को स्थितिमा पुर्याए । यही नै अन्तिम परिणाम भयो र विश्वकप जर्मनीको पोल्टोमा आयो ।
दुःखको कुरा १९७४ को विश्वकप विजेता २८ वर्षे मुलरले राष्ट्रिय टिमबाट अब नखेल्ने घोषणा गरे । आधिकारिक रुपमा त यिनले परिवारलाई समय दिनुपर्ने भएकोले नखेल्ने बताए । तर खासमा जर्मन फुटबल एसोसिएसनले विश्व कप जितेको पोस्ट म्याच वर्ल्ड कप उत्सवमा खेलाडीका श्रीमतीहरूलाई आउन बन्देज लगायो । यो कुरा मुलरलाई चित्त बुझेन र एसोसिएसनसँग खटपट पर्यो । अनि एक्कासी उनले सन्यासको घोषणा गरिहाले ।
गर्ड मुलर । फोटोः द गार्जियन
पाँच वर्ष पछि १९७९मा मुलरले बायर्न छोडे । यसपटक इन्टयाक्ट फ्रान्कफर्ट विरुद्धको खेलमा सब्सिट्युड हुनुपरेकोमा उनी चिडिएका थिए । त्यतिबेला उनी ३३ वर्षका थिए, अनि फ्लोरिडा हानिए र फोर्ट लउडरडालेबाट फुटबल खेले । अन्ततः १९८१मा ३६ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट पनि सन्यास थिए ।
अमेरिका बस्ता मुलरलाई रक्सीको लत लाग्यो । सन्यास लिइसकेपछि मुलर र उनकी श्रीमती उस्चीले फोर्ट लउडरडालमै स्टेक हाउस (रेस्टुरेन्ट) चलाए । यसले झन् उनलाई रक्सिया नै बनायो । त्यसपछि आफ्नो पुरानो क्लब बायर्नको सहयोगमा मुलर यो विषम परिस्थितिबाट निस्कन सफल भए ।
मुलरलाई बायर्नले जमर्नी ल्यायो र किशोर टिमको प्रशिक्षकको रुपमा नियुक्त गर्यो । अर्को दुई दशकसम्म मुलरले यही भूमिका निभाए र २०१३ मा यो कामबाट पनि सन्यास लिए, सार्वजनिक वृतबाट बाहिरिए । २०१५मा उनलाई अल्जाइमर भएको जानकारी दिए । उनकी १९६७ विवाह गरेकी श्रीमती उस्ची र एक छोरी निकोल छिन् । १९४५ नोभेम्बर ३ मा जन्मिएका मुलर यही अगस्ट १५ गते बुधबारका दिन हामी सबैबाट बिदा मागेर सदाको लागि गइसकेका छन् ।
(पिटर म्यासनको द गार्जियनमा प्रकाशित ‘गर्ड मुलर अबिच्युरी’मा आधारित ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...