युइएफए च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त हुने भएको छ । सेमिफाइनलमा चेल्सीले सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ३–१ ले पराजित गरेको थियो भने सिटीले साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समग्रमा ४–१ ले हराउँदै क्लबको ५१ वर्षे इतिहासमा पहिलोपटक फाइनलमा पुगेको हो ।
म्यानचेस्टर सिटीले क्लबको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल खेल्दा चेल्सीले तेस्रोपटक फाइनल खेल्दैछ ।
म्यानचेस्टर सिटीले क्लबको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल खेल्दा चेल्सीले तेस्रोपटक फाइनल खेल्दैछ । फाइनल २९ मेमा टर्कीको इस्तानबुलस्थित एटटर्क ओलम्पिक स्टेडियममा हुनेछ ।
अहिलेसम्म च्याम्पियन्स लिगको फाइनलमा दुवै इंग्लिस क्लबको भिडन्त हुन लागेको यो तेस्रोपटक हो । पछिल्लो तीन सिजनको अन्तरमा दोस्रो पटक इंग्लिस क्लब भिड्ने भएका हुन् । २०१९ मा लिभरपुल र टोटेनहम हटस्परले फाइनलमा प्रतिस्पर्धा गरेका थिए भने लिभरपुल २–० ले विजयी हुदै च्याम्पियन बनेको थियो । यसअघि २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले फाइनल भिड्दा युनाइटेडले चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन बनेको थियो ।
स्पेनिस क्लबले च्याम्पियन्स लिगको फाइनलमा तेस्रोपटक (२०००, २०१४ र २०१६) खेलिसकेका छन् । सबै तीनमा रियल म्याड्रिड च्याम्पियन बनेको छ । रियलले २००० मा भ्यालेन्सियालाई हराउँदा २०१४ र २०१६ मा एट्लेटिको म्याड्रिडलाई रहाएको थियो । जर्मन बुन्डेसलिगा टोलीले च्याम्पियन्स लिगको फाइनलमा एकपटक खेलेका छन् । सन् २०१३ मा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।
यसैगरि, पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने नवौं इंग्लिस क्लब बनेको छ । यसअघि आर्सनल, एस्टन भिलला, चेल्सी, लिड्स युनाइटेड, लिभरपुल, म्यानचेस्टर युनाइटेड, नथिङघम फरेस्ट र टोटेनहम हटस्परले फाइनल खेलेका थिए ।
प्रशिक्षक ग्वार्डिओलाले यसअघि क्याटलान क्लब बार्सिलोनाबाट प्रशिक्षकको रुपमा दुई पटक च्याम्पियन्स लिग जितिसकेका छन् । यसपटक सिटीबाट पनि च्याम्पियन्स लिग जितेको खण्डमा तेस्रोपटक च्याम्पियन्स लिग जिताउने चौथो प्रशिक्षक बन्नेछन् ।
यस अघि कार्लाे एन्सेलोटी (दुईपटक एसी मिलान र एकपटक रियल म्याड्रिड) बाट, बोव पेइस्ले (तीन पटक लिभरपुल)बाठ तथा जिनेदिन जिदान (रियल म्याड्रिड) बाट प्रशिक्षकको रुपमा तीन–तीन पटक रहेका छन् । इंग्लिस क्लब चेल्सीले यसअघि एकपटक च्याम्पियन्स लिगको उपाधी उचालिसकेको छ, यसपटक पनि जित्न सके उसको दोस्रो उपाधी हुनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...