सुन्दा जति नै गजब सुनिएपनि गालाटिकस प्रवृति फुटबलमा त्यति रुचाइदैन । यो भनेको पैसा फ्याँको, तमासा देखो भने जस्तै हो ।

नासिर अल–खेलाफी जस्तै वाह्य क्षेत्रका लगानीकर्ता विशेषत तेल ब्यापारीहरुले अहिले सोखको लागि क्लबमा लगानी गरिरहेका छन् । तिनकै लगानी भएका पिएसजी, सिटी तथा चेल्सी जस्ता क्लबहरु पछिल्लो समयमा महँङ्गो रकममा खेलाडी किन्ने क्लब भएर निस्केका छन् । तर, बुझ्नुपर्ने कुरा पैसाले मात्रै फुटबल खेलिदैँन । अर्कोकुरा, बाहिरी क्षेत्रको लगानीमा विशुद्ध ब्यापारीको हातमा मात्रै फुटबल पुगेमा त्यसले ग्रासरुट फुटबल, यसको सौन्दर्य र भविश्यमै कस्तो असर पार्नेछ भन्ने अर्को सशक्त बहसपनि युरोपियन फुटबलमा शुरु भइसकेको छ । 

१ औं शताब्दीको शुरुमै फुटबलमा एक नयाँ शब्दावली भित्रिएको थियो – ‘गालाटिकस’ । सुन्दै सानदार लाग्ने ‘गालाटिकस’ ‘ग्यालेक्टिक’को स्पेनिस नाम हो जसले सुपरस्टार तथा मुल्यवान भन्ने बुझाउँछ । 

सन् २००० मा जब रियल म्याड्रिडको क्लबको अध्यक्षको रुपमा फ्लोरेन्टिनो पेरेज आए, उनले हरेक समर सट्टेबाजीमा कम्तिमा फुटबलका एक सुपरस्टार क्लबमा भित्रियाउने महत्वकांक्षी योजना अघि सारे ।

राहुल त आफ्नो क्लबमा छँदै थिए, पेरेजले २०००मा ६० मिलियन युरो खर्चदै बार्साबाट पोर्चुगिज लिजेन्ड लुइस फिगो भित्रियाए । २००१मा फेरी जुभेन्टसबाट फ्रेन्च विश्वविजेता जिनेदिन जिदानलाई ल्याए, त्यो पनि ७३.५ युरो खर्चेर । २००२मा फेरी इन्टरबाट ४५ मिलियन तिरेर ब्रजिलियन रोनाल्डोलाई किने ।

सुपरस्टार ल्याउने यो प्रकरण यतिमै रोकिएन । २००३, २००४ र २००५ मा पेरेजले फेरी क्रमसः म्यानचेस्टर युनाइटेडबाट डेबिड बेक्याम, लिभरपुलबाट माइकल ओवेन तथा सान्तोसबाट रोबिन्हो र सेभिल्लाबाट रामोसलाई भित्रियाए ।

अकुत पैसाको खोलो बगाउँदै विश्वकै एक से एक खेलाडी इउटै क्लबमा भेला पार्ने रियलको त्यो समयलाई गालाटिक युग भनियो । अनि क्लबलाई गालाटिकस ।   

त्यसो त शब्दमात्रै नयाँ हो, रियल म्याड्रिडले पहिल्यै गालाटिकसको अभ्यास गरिसकेको थियो । १९५० र ६०को दशकमा तत्कालिन क्लब अध्यक्ष सान्टियागो बर्नबउले पनि ठूलो राशी खर्चदै अल्फ्रेडो डि स्टेफानो, फेरेन्स पुस्कास, जोसे सान्तामारिया तथा फ्रान्सिस्को जेन्टो जस्ता लेजेन्ड खेलाडीहरु क्लबमा भित्रियाएका थिए । 

यो अवधिमा तिनले १२ ला–लिगा र ६ युरोपियन कप उचाल्दै आफूलाई यरोपकै महारथी साबित गरेका थिए । तर, पेरेजको २१ औ शताब्दीको गालाटिकसले भने मध्यम परिणाम दिएको थियो । रियलको भन्दा सानै लगानीमा पनि बार्सिलोनाले सशक्त चौनौति पस्केको थियो ।

अझ पेरेजको रियल म्याड्रिडले त्यतिबेला पूर्ण गालाटिकस बनाउन एसी रोमाका फ्रान्सिस्को टोटीपनि भित्रियाउन जोड गरेको थियो । उसले टोटी समक्ष १० नंबरको जर्सी समेत अफर गरेको थियो । तर, रोमाप्रति बफादार टोटीले जवाफ दिएका थिए, ‘बा–आमा गरिब छन् भन्दैमा म धनी कहाँ बस्न जान्न ।’

पछिल्लो पटक यसपाली रियल म्याड्रिडका सर्जियो रामोस र बार्सिलोनाका लियोनाल मेसीले स्पेनबाट पेरिसको यात्रा तय गरेपछि पिएसजि सुपरस्टारहरुले भरिपूर्ण भएको छ । मानौं अबको गालाटिकस पिएसजि नै हो ।

रामोस र मेसी अघि युरो विजेता इटालियन गोलरक्षक डोनारुम्बा पनि पिएसजि गएका थिए । अनि क्लब त्यस अघि नै नेइमार र एम्बाप्पे जस्ता हटकेकहरुबाट सजिएको थियो । डि मारिया, हरु पनि क्लबमा छदैँ छन् । 

एम्बाप्पे र नेइमार जस्ता खेलाडी पिएसजिले एकदमै मोटो रकम खर्चेर किनेको थियो भने मेसी, रामोस र विजाल्डिन जस्ता खेलाडी अन्य क्लबमा सम्झौता अवधि सकिएपछि पिएसजिले दिने मोटो रकममा लोभिएर पेरिस हान्निएका हुन् । जे होस् अहिले विश्वको सबैभन्दा महँङ्गा सुपरस्टारले भरिएको टिम हो पिएसजि । यसकै आधारमा यसलाई ‘नयाँ गालाटिको’ भन्नु अनुर्पयुक्त हुँदैन ।

एक से एक खेलाडीले भरिएको यो ‘नयाँ गालाटिको’मा मुख्य पेलाल्टी टेकर को होला भन्ने समेत चर्चाको विषय बनेको छ । रियलका पूर्व गालाटिको सदश्य रामोस आफैमा राम्रा पेनाल्टी टेकर हुन् । रक्षक भएर पनि पछिल्लो समय रियलमा पेनाल्टीको नियमित जिम्मा उनकै काँधमा थियो । उनले प्रहार गरेका पछिल्ला १० पेनाल्टी सबै गोलमा परिणत भएका छन् । 

त्यसो त नेइमार र एम्बाप्पेका पछिल्ला १० मध्ये ९ पेनाल्टी गोलमा बदलिएका छन् । मेसीले भने पछिल्ला १० मध्ये ८मा गोल गरेका छन् । पेनाल्टीमा जस्तौ अब पिएसजिको लागि फ्रि–किकको मुख्य जिम्मा कसको काँधमा जाला त्यो पनि कौतुहलताकै विषय हो । खैर, यो पेनाल्टी र फ्रि–किकको जिम्मा प्रशिक्षक पोचेटिनोलाई नै छोडिदिऔं । जे होस् यसबाट पनि प्रष्ट हुन्छ अहिलेको असली गालाटिकस भनेको पिएसजि नै हो ।

अब मेसीको प्रेरणमा यो गालाटिकसको मुख्य लक्ष्य सकेजति सबै उपाधि जित्नु नै हुनेछ । क्लबले अहिलेसम्म च्याम्पियन लिग जित्न नसकेको तितो छ भने स्टार खेलाडीले भरिएको र पैसाको छेलोखेलो बगाएको पिएसजिले लिग–वन समेत गुमाएको थियो ।

सुन्दा जति नै गजब सुनिएपनि गालाटिकस प्रवृति फुटबलमा त्यति रुचाइदैन । यो भनेको पैसा फ्याँको, तमासा देखो भने जस्तै हो ।

१९९० देखि २०११ सम्म पिएसजि केही असहज परिस्थितिबाट गुज्रिएको थियो । तर त्यसपछि कतार स्पोट्र्स इनभेस्टमेन्टको स्वामित्वमा यो विश्वकै एक धनी क्लबमा रुपान्तरण भयो । पछिल्लो समय यसले घरेलु फुटबलमा आफ्नो दबदबा कायम राख्दै आएको छ । 

अहिले क्लबका कतारी अध्यक्ष नासिर अल–खेलाफी जसरी पनि च्याम्पियन लिग जित्ने ध्याउन्नेमा छन् र पैसा पनि त्यही अनुरुप खर्चिरहेका छन् । त्यसो त फ्रान्समै पनि एकेडेमीबाट राम्रा खेलाडी उत्पादन गर्ने लिल र मोनाको जस्ता क्लब पनि छन् र तिनका मुख्य ग्राहक भनेका यिनै गालाटिकस क्लबहरु हुन् । निक्कै नै महँङ्गो रकममा मोनाकोबाट एम्बापेलाई पिएसजिले र डेम्बेलेलाई बार्सिलोनाले किनेर लगेका थिए । 

नासिर अल–खेलाफी जस्तै वाह्य क्षेत्रका लगानीकर्ता विशेषत तेल ब्यापारीहरुले अहिले सोखको लागि क्लबमा लगानी गरिरहेका छन् । तिनकै लगानी भएका पिएसजी, सिटी तथा चेल्सी जस्ता क्लबहरु पछिल्लो समयमा महँङ्गो रकममा खेलाडी किन्ने क्लब भएर निस्केका छन् । तर, बुझ्नुपर्ने कुरा पैसाले मात्रै फुटबल खेलिदैँन । अर्कोकुरा, बाहिरी क्षेत्रको लगानीमा विशुद्ध ब्यापारीको हातमा मात्रै फुटबल पुगेमा त्यसले ग्रासरुट फुटबल, यसको सौन्दर्य र भविश्यमै कस्तो असर पार्नेछ भन्ने अर्को सशक्त बहसपनि युरोपियन फुटबलमा शुरु भइसकेको छ । 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...