दृष्टि एकदमै कमजोर भएका गुजरातका नरेश टुम्डाले २०१८मा भारतीय टोलीको सदस्यका रूपमा दृष्टिविहीन क्रिकेट विश्वकप जितेका थिए । अहिले तीन वर्षपछि उनी जीविकोपार्जनको लागि नभसरीमा कुल्लीको काम गरिरहेका छन् ।
न्यूज १८ टेलिभिजनका अनुसार, टुम्डाले अहिले दैनिक २५० भारु कमाउँछन् । उनी २९ वर्षका भए । यसअघि गत वर्ष उनी सागसब्जी बेच्ने गर्थे ।
तर, लकडाउनका कारण त्यो ब्यापार चलेन र उनलाई परिवार पाल्न सकस पर्यो । अनि उनले सब्जी बेच्न छोडे र कुल्लीको काम गर्न थाले । अहिले उनी निर्माणस्थलमा ज्यालादारीमा ईंटा बोकिरहेका छन् ।
टुम्डाका अनुसार, उनले धेरै ठाउँमा जागिरको लागि पनि निवेदन दिएका थिए । तर, कसैले उनलाई रोजगारी दिएन । उनको क्रिकेट टोलीले पाकिस्तानको सारजहाँमा पाकिस्तानलाई नै हराउँदै दृष्टिविहीन क्रिकेट विश्वकपको फाइनल उचालेको थियो ।
(यो सामाग्री स्टोरीपिकबाट साभार गरिएको हो ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...