काठमाडौँ  - नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले लगाउने गरेको जर्सी नम्बर नेपाल क्रिकेट संघले कुनै खेलाडीलाई नदिने भएको छ ।

क्यानले सूचना जारी गर्दै पारसले दिएको योगदानलाई कदर गर्दै जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने बताएको छ ।

क्यानले जारी गरेको सूचनामा, ‘पारस खड्काको योगदानको सम्मानस्वरूप क्यानले ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने भएको छ,’ लेखिएको छ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान खड्काले राष्ट्रिय टिमबाट ७७ नम्बरको जर्सी लगाउने गर्थे।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...