काठमाडौँ – गत २३ जुलाईदेखि शुरू भएको टोकियो ओलम्पिकको आज समापन हुँदैछ । समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ मा शुरू हुने छ ।
टोक्यो ओलम्पिकमा विभिन्न ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन आज ८ स्वर्ण पदकको छिनोफानो हुँदै छ । यो ओलम्पिकमा ५ ओटा नयाँ खेल थपिएको थियो । जसमा सफ्ट बल, कराते, सरफिङ, स्केटबोर्डिङ र क्लाम्बिङ रहेका थिए ।
अहिलेसम्म चीन ३८ स्वर्णका साथ शीर्ष स्थानमा रहँदा अमेरिका ३६ स्वर्णसहित दोस्रो तथा जापान २७ स्वर्ण सहित तेस्रो स्थानमा छन् । त्यस्तै रसियन ओलम्पिक कमीटीले २७ स्वर्ण जित्नदा ग्रेट बृटेनले २० तथा अस्ट्रेलियाले १७ स्वर्ण जित्न सफल भए । त्यस्तै नेदरल्यान्ड, जर्मनी र इटालिले समान १० स्वर्ण जितेका छन् । अन्य देशले भने दोहोरो अंककमा स्वर्ण जित्न सकेका छैनन् ।
आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन् । आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ । त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् । थप स्वर्णको छिनोफानो हुने क्रम जारी रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...