काठमाडौँ – राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको उल्लेख गर्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।
क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै उनले क्रिकेटरका रुपमा मन वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेटको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेको पनि स्मरण गरेका छन् । साथै उनले इमान्दारीका साथ सबै मिलेर काम गरे नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास पनि व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...