काठमाडौँ – राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्ना अभिव्यक्तिका लागि माफी मागेका छन् ।
उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरूको मानसिकता पनि परिर्वतन हुनुपर्ने बताएपछि अनुशासनको उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु । नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु ।’
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...