काठमाडौँ – ओलम्पिक अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्ने भएकी छन् ।

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । गौरिकाको खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् ।

एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...