काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको बताएका हुन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्ताव अनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्गका कारण राजीनामा दिने निर्णयमा पुगेको बताएका हुन् । उनले नेम्वाङ्गले पछिल्ला तीन हप्तामा आफूविरुद्ध नाटक गरेको आरोप लगाएका छन् । उनले नेम्वाङ्गलाई मेन्सन गर्दै भनेका छन्‚ ‘आशा गर्दछु कि अब तपाईं खुसी महसुस गरिरहनुभएको होला ।’  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...