एजेन्सी – पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो ।
डन न्यूजका अनुसार बस सियालकोटबाट राजनपुरतर्फ जाँदै थियो । इलाकाका कमिश्नर डा. इरशाद अहमदले घटनास्थलमा राहत र उद्धारकर्मी पुगेको जानकारी दिए । शव र घाइतेलाई अस्पताल पुर्याइएको छ ।
दुर्घटनामा घाइते भएका मानिसहरू ईदमा आफ्नो घर गइरहेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...