Opinion

लेख संयोजनः युवराज भट्टराई

यो हप्ता फेरी एकपटक युरोपियन फुटबल नमज्जाले तात्यो अचानक बाहिरिएकोयुरोपियन सुपर लिगको नयाँ प्रकरणका कारण विवाद चुलिएको हो विषय कतिसम्म संवेदनशिल देखियो भने स्वयम् बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन फ्रान्सका राष्ट्रपती इम्यानुयल म्याक्रोनले समेत नयाँ आउन लागेको प्रतिस्पर्धा रोक्नको लागि दौडधुप गर्नुपरेको थियो

युरोपका अधिकांश अहिले ठूला र धनी भनिएका क्लवहरु गरिब मजदुरहरुले स्थापित गरेका हुन् जससँग क्रिकेट र गल्फ जस्ता खेल खेल्नु कल्पना बाहिरको विषय थियो ।

त्यसो युरोपियन सुपर लिगको गाईंगुईं सन् १९८० तिर नै सुरु भएको थियो, त्यतिबेलै युरोपका अधिकांश घरेलु लिगहरु यस्तो शैलीको लिगलाई लिएर आत्तिएका थिए तर यसको सट्टा नयाँ शैलीको च्याम्यिन्स लिग १९९२ मा सुरु भयो यसले घरेलु लिगलाई खासै प्रभाव पारेन तरपनि यो सुपर लिगको अवधारणा भने मरेको थिएन, सुसुप्त कतै रहिरहेकै थियो

२००९ मा तत्कालिन आर्सनल व्यवस्थापक आर्सेन वेग्नरले भनेका थिए, ‘मलाई लाग्छ अबको दश वर्षमा सुपर लिगको अवधारणा आउनेछ ठोकुवै गर्न सक्दिन तर पर्दा पछाडी बसेर केहीले यो तारतम्य बुन्दैछन् ’ ठ्याक्कै यि फ्रेन्च भलाद्लीले भने झैं २०१८ मा जर्मनीको डेल स्पेगलले यो प्रकरणलाई बाहिर ल्याइदियो जसअनुसार, २०२१ बाट युरोपका ठूला क्लबहरु युइएफएको प्रतियोगिताको ठाउँमा नयाँ फर्म्याटको युरोपियन सुपर लिग खेल्नेछन् डेल स्पेगलको रिपोर्टले सबैलाई नराम्ररी झस्काइदिएको थियो

सुपर लिगको नयाँ फर्म्याट अनुसार, जम्मा १६ टिमले सहभागिता जनाउनेछन् यो युइएफएको च्याम्पियन्स लिग जस्तै हुनेछ तर यसमा युइएफएको  कुनै भुमिका संलग्नता भने हुने छैन यि १६ टिम मध्ये पनि ११ वटा संथापक टिम हुनेछन् जसलाई २० वर्षसम्म त्यत्तिकै सहभागिताको ग्यारेन्टी दिइनेछ बाकीँ पाँच टिमले भने प्रत्येक वर्ष रेगुलेसन तथा सेलेक्सनको प्रक्रियाबाट गुज्रनुपर्नेछ

डेल स्पेगलका अनुसार, यि भाग्यमानी ११ टिममा रियल म्याड्रिड, बार्सिलोना, लिभरपुल, म्यन्चेस्टर युनाइटेड, सिटी, आर्सनल, चेल्सी, जुभेन्टस, एसी मिलान, पिएसजी बायर्न म्युनिख हुनेछन् जुन क्लबहरु एतिहासिक उपलब्धि तथा आर्थिक हिसाबमा एकदमै सबल मानिन्छन्

अहिले डेल स्पेगलको रिपोर्टमा थोरै परिवर्तित हुदैँ सुपर लिगको मोडल मात्र सार्वजनिक भएन कि संथापक भनिएका क्लबहरुले एकपछि अर्को गर्दै सम्झौतामा हस्ताक्षर पनि गरे त्यसैले यसको विवाद यहाँसम्म चुलियो नयाँ परिवर्तन अनुसार अब टुर्नामेन्ट २० टिमको हुनेछ १५ वटा २० वर्षसम्म मुफदमा खेल्न पाउने संथापक टिम हुनेछन् अन्य आठ घरेलु लिगको प्रदर्शनको आधारमा छानिनेछन्

यसमा १०१० टिमका दुई समुहलाई लिग खेलाएर समुहका उत्कृष्ट तीन-तीन टिम सोझै नक-आउट चरणमा जानेछन् बाकीँ उत्कृष्ट चौंथो पाचौंको प्रतिस्पर्धाबाट अरु दुई छानिन्छ यसरी जम्मा आठ टिम नक-आउट चरणमा जानेछन्   होम अवे खेल खेल्दै दुई टिमबीचको फाइनल निस्पक्ष  भुमीमा खेलाइन्छ जुन ठ्याक्कै अहिलेको च्याम्पियन्स लिगको शैलीमा हुनेछ


फोटोः बिबिसी


रियल म्याड्रिड, बार्सा, एथलेटिको म्याड्रिड, लिभरपुल, म्यानचेस्टर  युनाइटेड, सिटी, आर्सनल, चेल्सी, जुभेन्टस, एसी मिलान, इन्टर मिलान जम्मा १२ टिमले सुपर लिग खेल्ने सम्झौतामा हस्ताक्षर गरिसकेका थिए भने बाकीँ तीन छिटै आउने आकंलन गरिएको थियो
आखिर किन आयो सुपर लिगको अवधारणा ? मुलतः यो पैसाकै कुरा थियो खासमा प्रत्यक्ष प्रशारणको पैसा च्याम्यिन्स लिगको समुह चरणमा तुलनात्मक रुपमा कमजोर टिम पनि हुन्छन् तर, सुपर लिगमा हस्ती कहलिएका टिम भिडाउँदा पैसापनि टन्नै कुम्लने भयो

यो खुराफाती बुद्धी अमेरिकी व्यापारी चार्ली स्टिलिटानो थियो उनी युरोपका ठूला क्लबहरु बोलाएर उत्तर अमेरिका एशियामा इन्टरनेसनल च्याम्पियन कप चलाउने गर्छन् यो कपका दर्शक घट्दै गएपछि उनले ठूला युरोपियन क्लबलाई फकाउँदै प्रलोभनमा पार्दै यो नयाँ लिग अघि सारेका हुन् ठूला क्लबको फुटबल खेलबाट निस्कने अथाह पैसा देखेर नै उनले यस्तो गरेका हुन् २०१४ को मिचिगन स्टेडियममा उनको इन्टरनेसनल च्याम्पियन कपमा रियल म्याड्रिड युनाइटेडको खेलमा एक लाख नौ हज्जार समर्थकहरु उपस्थित थिए

चार्ली स्टिलिटानो पछि यो सुपर लिगका अर्का अनुहार बायर्न म्युनिखका अध्यक्ष कार्ल हेन्ज रुमेनिग हुन् उनले आफ्नो संलग्नता अस्विकार गरेपनि तिनले युइएफए छोड्नुको पछि यही सुपर लिग नै भएको सबैको ठहर त्यस्तै यो प्रकरणमा सबैभन्दा अगाडी देखिएका अर्का पात्र हुन्, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज उनी इएसएलका पहिलो अध्यक्ष पनि हुन् उनले भनेका छन्, ‘सुपर लिगले फुटबललाई हरेक तवरबाट टेवा पुर्याउनेछ ४० करोडभन्दा बढी समर्थक भएको एउटै खेल कुनै भने त्यो फुटबल नै हो , ठूलो क्लब  भएको हैसियतले तिनको चाहनाको सम्बोधन गर्नु हाम्रो कर्तव्य हो

हो ठूला क्लब विरुद्धको एक-आपसको खेलले दर्शकलाई आनन्द आउँछ तर, सुपर लिग दर्शकको चाहना भन्दा अधिक ठूला क्लबको स्वार्थमा अडिएको त्यसैले जुभेन्टसका अध्यक्ष एन्डेरा एग्नेलीले समेत युइएफएको कार्यकारी समिति तथा युरोपियन क्लब एसोसिएसनको अध्यक्षबाट राजिनामा दिइसकेका छन् युरोपियन क्लब  एसोसिएसनले च्याम्पियन्स लिग सुधारको प्रस्ताव अघि सारेको एग्नेलीले यो नयाँ सुपर लिगमा १२ टिम सहभागी भएकोमा खुशी व्यक्त गर्दै अब फुटबलमा ऐतिहासिक परिवर्तन आएको तथा यसले दिगो आम्दानी दिने धारणा राखेका थिए



त्यस्तै म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष इड उडवार्ड तथा म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी फेरान सोरियानो दुवैले युइएफएमा आफ्नो भुमिकाबाट हात झिकिसकेका थिए भने युनाइटेडकै सह-अध्यक्ष जोयल ग्लाजर सुपर लिगका उपाध्यक्ष बन्दै थिए उनले भनेका थिए, ‘विश्वकै ठूला क्लव तथा खेलाडीहरु सिजनभर सँगसँगै ल्याएर युरोपियन सुपर लिगले फुटबलमा नयाँ युग ल्याउनेछ यसले विश्वस्तरिय प्रतिस्पर्धा सुविधा दिनेछ फुटबललाई समृद्ध पार्नेछ

हो यो लिगमा जोयल ग्लाजरले भनेजस्तो पैसाको खोलो बग्नेछ वाल स्ट्रिटको जेपी मोर्गन बैंकको . बिलियन लगानीको यो प्रतियोगिताले च्याम्पियन्स लिगलाई माथ खुवाउने कुरा अक्टोबरमै बाहिरिसकेको थियो च्याम्पियन्स लिगभन्दा अधिक पैसा यो लिगले कमाउने थियो तर सबैभन्दा दुःखको कुरा यसको अधिकतम नाफा व्यापारीको पोल्टोमा पुग्थ्यो, फुटबलमा होइन , यसले च्याम्पियन्स लिग मात्र होइन युरोपका घरेलु लिग पनि सुकाइदिन्थ्यो ठूला टिमहरु घरेलु लिगमा दोस्रो स्तरका खेलाडी उतार्ने थिए

घरेलु लिगहरु जुन फुटबलको फाउन्डेसन पिरामिडहरु हुन् त्यसमाथि नै सुपर लिगले प्रहार गर्ने थियो अर्कोतिर  एकै लिगमा प्रतिस्पर्धा  गर्ने ठूला कहलिएका साना भनिएका टिमबीच अहिले पनि जुन स्तरको असमानता त्यसलाई कैयौँ गुणाले बढाइदिने थियो १५ संथापक टिमले स्वत २० वर्ष सम्म सुपर लिग खेल्न पाउने हुँदा अन्य धेरै साना टिमको लागि सुपर लिग कल्पना बाहिरको विषय बन्थ्यो तिनीहरु ठूला टिमलाई प्रतिभा सप्लाइ गर्ने सप्लायर मात्रै बन्न सक्थे , यस्तो नाफाखोरी विभेदकारी अवधारणा वास्तविक फुटबलप्रेमी, खेलाडी, जिम्मेवारी  पदाधिकारी तथा एक समर्थकको लागि कथमकदाचित मान्य हुने थिएन भएन पनि

सुपर लिगफुटबलको लागि एकदमै विध्वंशक यि क्लवहरु विश्वकै ठूला ब्रान्ड मात्र होइनन्, तिनीहरु आफ्नो ठाँउ समुदायबाट ऐतिहासिक  रुपमा उदाएका पनि हुन् तिनले आफ्नो समुदायका समर्थकको भावनाको कदर गर्नुपर्छ ’ बोरिस जोन्सन

जिम्मेवार राजनीतिककर्मीलाई समेत यो प्रकरणले त्यत्तिकै चिन्तित तुल्यायो यो योजनामा इङ्गल्याण्डका सहित जब ठूला १२ टिमले सहभागिता जनाउने प्रतिबद्धताकासाथ हस्ताक्षर गरे, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने, ‘यो फुटबलको लागि एकदमै विध्वंशक यि क्लवहरु विश्वकै ठूला ब्रान्ड मात्र होइनन्, तिनीहरु आफ्नो ठाँउ समुदायबाट ऐतिहासिक  रुपमा उदाएका पनि हुन् तिनले आफ्नो समुदायका समर्थकको भावनाको कदर गर्नुपर्छ उनले भनेका थिए, ‘यसलाई रोक्न के गर्न सकिन्छ हामी सक्दो पहल सर-सल्लाह  गरिरहेका छौं

त्यसैगरि फ्रान्सका राष्ट्रपती इम्यानुयल म्याक्रोनले फ्रान्सका क्लबले सुपर लिगमा भाग लिन अस्विकार गरेकोमा धन्यवाद दिएका थिए त्यसो युइएफएले इङ्गल्याण्ड, स्पेन, इटालीको फुटबल संगठन तथा त्यहाँका लिगसँग मिलेर संयुक्त विज्ञप्ति निकालेर भनेको थियो कि हामी सुपर लिग विरुद्ध एक्यवद्ध छौं जसरी पनि यसलाई रोक्नेछौं युरोपियन फुटबल एसोसिएसनले पनि यसको सशक्त विरोध गर्यो त्यस्तै फुटबल सपोर्टर एसोसिएसनले यो लिगलाई पैसाको लोभ भन्दा अरु केही नभएको बतायो विश्व फुटवलरहरुको संथा फिफ्प्रोले यो प्रकरणले खेलाडीको भविष्यमा अनिश्चितता ल्याउने फुटबल संकृतिमा धक्का पुग्ने बताएको थियो

प्रशिक्षकहरुको संगठनले सुपर लिगले युरोपियन फुटवलको पिरामिड नै भत्काइदिने धारणा अघि सार्यो  यसले प्रशिक्षक, खेलाडी समर्थकलाई निरास पार्ने बतायो फुटवल सम्बन्धि  संघ-संथा मात्र होइन, भुतपुर्व खेलाडीहरुपनि सुपरको विरुद्ध दह्रोसँग उभिए पोर्चुगलका पुर्व मिडफिल्डर लुइस फिगोले भने, ‘यो लोभीपापी कामले हाम्रो तल्लो तहको फुटबल, महिला फुटबल सिङ्गो फुटबल समुदायलाई घात गर्नेछ यसले स्वार्थी मालिकहरुको मात्र हित गर्नेछ जसलाई समर्थकको भावनाको कुनै कदर छैन यो दुःखद कुरा हो

पिएसजि तथा म्यानचेस्टर युनाइटेडका पुर्व मिडफिल्डर एन्डरु हरेराले भने, ‘मलाई समर्थक सहितको लोकप्रिय फुटबल मन पर्छ, मलाई मेरो प्रिय टिमले ठूला टिमसँग खेल्न पाओस् भन्ने लाग्छ सुपर लिगले यो सब सत्यनास पार्नेछ आम दर्शक समर्थकले सिर्जेको यो फुटबललाई पैसाको भरमा लुट्न मिल्दैन लिभरपुलका भेट्रान डानी मर्फी तथा युनाइटेडका भेट्रान ग्यारी नेभिलले सुपर लिगको अवधारणालाईघिनलाग्दोधोकाको संज्ञा दिएका थिए

यसैगरि सुपर लिग विरुद्ध सबै प्रिमियर लिग क्लवका कप्तानहरुलाई एकजुट बनाउन लिभरपुलका कप्तान तथा इङ्गल्याण्डका सह–कप्तान जोर्डन हेन्डरसन पनि लागिपरेका थिए । ‘हामीलाई यो मन परेको छैन र हामी यस्तो हुन दिने छैनौं । हाम्रो साझा धारणा यही नै हो । यो क्लव र यसका समर्थकप्रति हामी सँधै प्रतिबद्ध छौं’ उनले ट्विट गरेका थिए ।

फेनवेले हामी समर्थकको बेवास्ता गर्दै पैसाको पछि लागेको , फुटबल हाम्रो हो, तिनका बाउको होइन ’      स्प्रिट अफ स्याङ्क्ली

खासमा सुपर लिगका हिमायतीहरुले दर्शकको चाहना भन्दै यो लिग अघि सारेका थिए तर यसको विरोध गर्नेमा सबैभन्दा अग्रपंतिमा फुटबलकै दर्शकहरु थिए त्यो पनि सुपर लिग खेल्न हस्ताक्षर गरिसकेका ठूला टिमहरुकै खास समर्थकहरु यही समर्थक कै दवाबका कारण यसलाई रोक्न जोन्सन त्यो हदसम्म जानपरेको थियो। , अहिले यही दवाबका कारण प्रिमियर लिगका क्लबहरु आफुले गरेको गल्तिको लागि माफी माग्दै सुपर लिगसँगको सम्झौता रद्द गर्न बाध्य भएका छन्

यिनै क्लबका समर्थकहरुले सशक्त विरोध गरेका थिए सुपर लिगमा सहभागिताको लिभरपुल फुटबल क्लवका समर्थकहरुको समुह स्प्रिट अफ स्याङ्क्लीले सुपर लिगको अवधारणा अघि सार्ने अमेरिकाको फेनवे स्पोर्ट ग्रुपलाई निशाना लगाउँदै लेखेको थियो, ‘फेनवेले हामी समर्थकको बेवास्ता गर्दै पैसाको पछि लागेको , फुटबल हाम्रो हो, तिनका बाउको होइन चेल्सी सपोर्टर ट्रस्टलेविश्वभरका फुटबल समर्थहरुलाई धोका भएको बताएको थियो त्यसो चेल्सीका समर्थकले ब्राइटनसँगको खेल अघि चेल्सीकै खेलाडी चढेको बसलाई अवरुद्ध गर्दा खेल निर्धारित समय भन्दा पछि धकेलिएको थियो

आर्सनल सपोर्टर ट्रस्टले पनिएउटा खेल संथाको रुपमा आर्सनलको मृत्यु भइसकेको बताएको थियो म्यानचेस्टर सिटीको आधिकारिक समर्थक समुहलेसुपर लिग खेल्नु भनेको शुन्य खेल भावना हुनु हो यसविरुद्ध लड्न प्रतिबद्ध भएकोबताएको थियो युनाइटेडका समर्थकले पनि सुपर लिग अस्विकार्य भएको युनाइटेड क्लव आफै यसविरुद्ध उभिनुपर्ने बताएका थिए टोटेनहम हटस्पर सपोर्टर ट्रस्टले सुपर लिगले खेलको भावनामाथि प्रहार गरेको बताएको थियो


फोटोः बिबिसी


फिफा, युइएफए, भुतपुर्व खेलाडी, प्रशिक्षक, मुलुककै प्रधानमन्त्री अनि अझै आफ्नै क्लबका समर्थकको दवाब विरुद्ध उभिनु कुनै पनि क्लबको  साहसको विषय हुने कुरै भएन त्यसैले वटै इङ्गलिस क्लबले आफ्ना समर्थकसँग माफी माग्दै सुपर लिगसँगको सम्झौता रद्द गरिसकेका छन् यिनै क्लबको कदमलाई इटालियन क्लबहरुले पनि पछ्याइसकेका छन्

खासमा फुटवल कसैको लागि हो भने यो तिनै ४० करोण समर्थकहरुको लागि हो, कुनै माफिया र ब्यापारीको लागि होइन । र, यो कसैले एक दिन पैसाको खोलो बगाएर स्थापित गरेको पपुलर संकार पनि होइन । यस विषयमा गेरी नेभिलेले आफ्नै पुर्व क्लव युनाइटेडको उदाहरण दिदैँ भनेका छन्, ‘म्यानचेस्टर युनाइटेड यहीं आसपासका मजदुरले १०० वर्ष अथकसँग फुटवल खेलेर स्थापित भएको क्लव हो ।’

युरोपका अधिकांश अहिले ठूला र धनी भनिएका क्लवहरु गरिब मजदुरहरुले स्थापित गरेका हुन् जससँग क्रिकेट र गल्फ जस्ता खेल खेल्नु कल्पना बाहिरको विषय थियो । तर यही मजदुरद्वारा स्थापित पपुलर संकार फुटबलमा कति पैसा छ भने २०१८ को विश्वकपको वर्ष यसको गभर्मिङ बडी फिफाको आम्दानी ४६४२ मिलियन अमेरिकी डलर थियो भने २०१९ मा मेसी एक्लो खेलाडीको कुल आम्दानी एक सय १९ मिलियन अमेरिकी डलर थियो ।

भला फिफाका भ्रटाचारका काण्ड बेलाबखत नबाइरिने पनि होइन । त्यसको बाछिटा नेपालजस्तो मुलुकसम्म नआइपुगेको पनि होइन । तर एकाध यस्ता विकृति देखिएपनि यसको कमाई अफ्रिका, दक्षिण अमेरिका तथा एशियामा मुलुकसम्मै छरिन्छ । प्रश्तावित सुपर लिगमा जस्तो कुनै दलाल पुँजिवादको हातमा जादैँन ।

हो अहिले फुटबलमा अथाह पैसा छ । त्यत्तिकै ठूलो प्रसिद्धी पनि छ । तर यो पपुलर संकार स्थापित गर्नमा गरिब मजदुर र झुपडबस्ती र ग्रासरुटको गल्ली–गल्लीमा खेलिने स्ट्रिट फुटबलकै सबैभन्दा ठूलो हात छ । एउटा बल किनेर २२ जनाले खेल्न सक्ने फुटबल सबैभन्दा न्युनतम लागतको खेल हो । ‘स्लम सोसाइटी’बाट आउनेलाई पनि यसले ठूलो सेलिब्रेटी बनाइदिन सक्छ । एतिहासदेखि आजसम्म पनि कैयौं फुटबल लिजेन्डहरु त्यही पृष्टभुमीबाट आएका छन् ।

संसारका सबै फुटबलप्रेमीले फुटवलको यो ग्रासरुट सौन्दर्यलाई राम्ररी बुझेका छन् । त्यसैले आज युरोपियन सुपर लिगको प्रश्तावलाई दुत्कार्दै फुटबल आफैले फेरी एकपटक दलाल पुँजिवादमाथि लात मारेको छ ।

(यो लेख द गार्जियन, बिबिसी, मार्का लगायतका पछिल्ला सेकेन्डरी समाचारका आधारमा तयार पारिएको हो । लेख संयोजक लिभरपुल फुटबल क्लवका समर्थक हुन् ।)

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...