काठमाडौँ – प्रहरीले नागरिक समाजका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, राजेन्द्र महर्जन, श्रवण मुकारूङ, गोविन्द छन्त्याल, विमल अर्याल, अर्चना थापा, वसन्त छिपा, प्रणेता, अनुभव अजित, अरूण देव जोशी, निर्ग नवीन, नविन तिवारी, शशी विक्रम कार्की लगायतलाई पक्राउ गरेको छ ।

स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भष्ट्रचार, माफिया, बेथितिविरूद्ध प्रतिरोधको क्रममा आज बिहान सिंहदरबारबाट अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनले सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेको थियो ।

नागरिक आन्दोलनको प्रदर्शनमा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरू नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...