काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली यही असार १ गतेको बाढीले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची जाने भएका छन् ।
प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरी पीडित परिवारलाई राहत घोषणा गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली विहान १० बजे सिन्धुपाल्चोक जाने एमाले कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।
अविरल वर्षापछि मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएको थियो ।
बाढी प्रभावित परिवारलाई विभिन्न संघसंस्थाले सहयोग गरिरहेको छन् । आज प्रधानमन्त्री आफैंले स्थलगत निरिक्षण गर्न गर्न लाग्नुभएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...