जनकपुर । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले प्रदेश सरकार समावेशी नभएको बताएका छन् । 

उनले प्रदृेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेख्दै प्रदेश २ को सरकार समावेशी नभएको बताएका हुन् । 

एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएकै बिहान अर्थात् जेठ २८ गते प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई ‘स्मरण–पत्र’ लेखेका हुन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनामा प्रदेश २ ले उल्लेख्य योगदान पुर्याएको भन्दै प्रदेश प्रमुख अहिराजले पत्रमार्फत् महिला, दलित, आदिवासी, गैरमधेसी लगायतलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।

प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्रीलाई लेखेको पत्रमा संविधानको व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्त अवलम्बन नगरेको औंल्याइएको छ । ‘प्रदेश भित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो’, स्मरण–पत्रमा उल्लेख छ ।

प्रदेशका मुख्यमन्त्रीसहित ७ मन्त्रीमा सबै पुरुष छन् । जसपाले उषा यादवलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री मात्र बनाएको छ । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी डिम्पल झालाई बर्खास्त गरिसकिएको छ ।


पत्रः


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...