पाेखरा - गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव (गुरुङ) दीपक मनाङे पुनः मन्त्रीको शपथ लिन लागेका छन् । बिहीबार मात्रै यनले खेलकुदमन्त्रीबाट राजीनामा दिएका थिए । यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषद्मा मन्त्री रहेका थिए । 

प्रदेश संसद बचाउन पर्ने वकालत गर्दै आएका मनाङेले गुरुङलाई विश्वासको मत दिएका थिएनन् । बरु उनी विपक्षी गठबन्धनको बहुमत पुर्याउनका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा उभिएका थिए ।

तत्कालीन नेकपाको सहयोगमा मनाङबाट निर्वाचित उनी पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिन लागेको कांग्रेस जानकारी प्राप्त भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...