काठमाडाैँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी भएका छन् ।

धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् । यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र) का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी,  कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भएका छन् । विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरे ।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख\अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो । कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार