काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ ।

बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ । त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...