काठमाडाैँ । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उनले ६ हजार १४८ मतले अग्रता लिइरहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले) की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहेका छन् ।
पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार ४५८ मत प्राप्त गरेका छन् ।
विराटनगर महानगरपालिकाका–१, ३, ४ र १४ को वडाध्यक्षमा एमाले र वडा नं ५ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । महानगरको वडा नं ६, ८, ९, १०, ११ र १२ को मतगणना भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...