काठमाडाैँ । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन्  । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् । 

प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन् । उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाएकी छन्  । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...