काठमाडाैँ । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गरेका हुन् । नवनिर्वाचित अध्यक्ष ओझा र उपाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार थिए । दुवै जना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका हुन् । अध्यक्षमा ओझाले पाँच हजार ७४९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिमायाँ गुरुङले चार हजार १३७ मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित बने भने उनका प्रतिस्पर्धी कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत ल्याए ।
रुपा गाउँपालिकाको सात वडामध्ये पाँचमा एमालेले जितेको छ भने दुई वटामा नेपाली कांग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...