काठमाडाैँ । स्थानीय तह निर्वाचनमा जिल्लामा तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकाल्न सफल भएको छ ।

माओवादीले दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा निर्वाचित भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा दुप्चेश्वरमा अध्यक्ष उपाध्यक्ष दुवै र पञ्चकन्याको उपाध्यक्ष नेपाली कांग्रेस र ककनीको अध्यक्ष र उपाध्यक्ष  माओवादीले जितेको थियो । दुप्चेश्वरमा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका शङ्करबहादुर थापामा चार हजार चार सय ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका पूर्णबहादुर तामाङले तीन हजार चार सय ५० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादीकी माकुरी तामाङले चार हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अन्जु आचार्यले तीन हजार ५३५ मत ल्याएकाे निर्वाचत अधिकृत केशरबहादुर पण्डितले जानकारी दिए । गए राति सम्पन्न मतगणना पञ्चकन्याको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवदीका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका तेजबहादुर तामाङले चार हजार ३५४ मत ल्याएर निर्वाचित भएका छन् । उनी दोस्रो पटक अध्यक्ष भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका माधवप्रसाद खनालले तीन हजार ९७४ मत ल्याएका छन् । उपाध्यक्षमा  माओवादीका विमला केसी चार हजार सात मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सलिना केसीले तीन हजार ७४९ मत ल्याएकी छन् ।

यस्तै, ककनीको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले जितेको छ । माओवादीमा सुमन तामाङले चार हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज घिमिरेले चार हजार ९८ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादीकी मिठुमाया तामाङले चार हजार १७४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिशा तामाङले तीन हजार ८३० मत ल्याएकी छन् ।

दुप्चेश्वर, ककनी, पञ्चकन्या तीनवटै पालिकामा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।    तारकेश्वरको उपाध्यक्षमा माओवादीका हरिप्रसाद रिमाल, किस्पाङको उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपाने र तादीको उपाध्यक्षमा माओवादीकी सन्जु प्याकुरेल निर्वाचित भएका छन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...