काठमाडाैँ । विवादपछि रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुनः सुचारु भएको छ ।

मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलीय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो । सर्वदलिय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...