जेठ १, २०७९ आइतबार
काठमाडाैँ । भरतपुर महानगरको मतगणना रोकिएको छ ।
मतगणनाका क्रममा केही बढी मसी लागेको मत बदर गरिएपछि एमालेले विरोध गरेको छ । विरोधपछि मतगणना स्थगित भएको छ ।
एमाले चितवनले जनाएअनुसार पहिला सदर गरिएको मत बदर गरिएपछि विरोध भएको हो । एमालेले मुख्य निर्वाचन अधिकृत र गणकको भूमिका शंकास्पद रहेको बताएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...