काठमाडाैँ । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा  नेकपा (माओवादी केन्द्र)  विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणाम अनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१  विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गरे ।यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गरे ।

चन्द्रागिरि नगर प्रमुखमा  कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गरेको जनाइएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...