काठमाडाैँ । बनेपा नगरपालिकाका मेयरका उम्मेदवार विरोचन श्रेष्ठले मतदाताहरुलाई  दलका उम्मेदवारले जनताको भन्दा पनि सम्बन्धित दलको प्रतिनिधित्व गर्ने भएकाले उनीहरुलाई भोट नदिन अपिल गरेका छन् । जनताका वास्तविक प्रतिनिधि स्वतन्त्र उम्मेद्वार नै भएकाले उनले आफुलाई लौरो चिन्ह मा भोट दिन सम्पुर्ण बनेपाली जनताहरुमा अपिल गरेका छन् ।

उनले दलीय उम्मेदवारहरु भ्रष्टाचारमा लिप्त भएका कारण उनीहरुले विकास र  समृद्धि ल्याउन नसक्ने आरोप लगाए । साथै उनीहरु दलीय बन्धनमा बाधिने र जनताको आवश्यकता र अपेक्षा अनुसार काम गर्न नसक्ने भएकाले स्वतन्त्र उम्मेदवारलाई आफ्नो अमुल्य मत दिई जिताउन पनि जनतासमक्ष आह्वान गरे ।

मार्जिन मिडियाको प्रस्तुति द मार्जिन भ्यू कार्यक्रम लाई अन्तरवार्ता दिँदै उनले आफू दलीय बन्धन र बाध्यता बाट मुक्त भएकाले बनेपाली जनताले आफुलाइ जिताए बनेपा नगरपालिकाको विकास र समृद्धिका लागि अहोरात्र खट्ने प्रतिबध्दता व्यक्त  गरे ।

मेयरका स्वतन्त्र उम्मेदवार श्रेष्ठले आफू निर्वाचित भएमा स्थानीय रुपमा हुने सम्पुर्ण भ्रष्टाचारलाई जरैदेखि निमिट्यान्न पारी बनेपालाई शिक्षा र प्रविधिमा नमुना शहर बनाउने दृढता पनि व्यक्त गरे । साथै नगरको ऐतिहासिक तथा सास्कृतिक धरोहरहरुको संरक्षण र सम्वर्धनमा पनि खट्ने बताए ।

उनले करिडोर सम्बन्धमा भएका गैरकानूनी तथा गैरन्यायीक कार्यहरु रोकी कानुन संगत ढङगले मात्र करिडोर निर्माण कार्य अघि बढ्ने प्रतिबध्दता पनि जनाए । श्रेष्ठले अरनिको राजमार्ग निर्माण गर्दा त्यहाँको जनताको जग्गा बिना मुआब्जा अधिग्रहण गरिएकाले बनेपाली जनतालाई उचित मुआब्जा दिलाउन हरसम्भव प्रयत्न गर्ने वाचा गरे । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...