काठमाडाैँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताए ।

विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका हुन् । नेता निधिले भने, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्नेछ ।”

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले रु एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो भने। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...