खोटाङ- विद्यार्थीलाई शैक्षिक कर्जाको व्यवस्था, महँगी नियन्त्रण लगायतको माग गर्दै अनेरास्ववियु खोटाङले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको छ ।
विद्यार्थीलाई शैक्षिक कर्जा कार्यान्वयन गर्न, यातायातमा विद्यार्थीलाई सहुलियत उपलव्ध गराउन, कालोबजारी, महंगी नियन्त्रण गर्न माग गर्दै अनेरास्ववियुले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको हो । विद्यार्थीको हकहितमा सोमबार र मंगलबार संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत् नेपाल सरकारलाई पठाइएको हो ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष खेमराज देउसाली, सचिव मोहन संग्राम लगायतको विद्यार्थी नेताको टोलीले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका हुन् । विभिन्न आन्दोलनबाट प्राप्त महत्वपूर्ण र ऐतिहासिक उपलब्धिलाई कमजोर बनाउने हेतुले परमादेसी सरकारले गरेको गतिविधिको घोर भत्सर्ना गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको अनेरास्ववियुका सचिव मोहन संग्रामले बताए ।
शैक्षिक कर्जा, यातायातमा सहुलियत, कालोबजारी र महंगी नियन्त्रणमा दवाव सिर्जना गर्न प्रदेश नम्बर १ मा ५० हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाइएको अनेरास्ववियुले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...