काठमाडौँ- देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरबार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन । सिंहदरबार भद्रगोल छ ।

१.सडक पेटीमै पार्किङ
सिंहदरबारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पार्किङ स्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यो दृश्य देख्न सकिन्छ ।
सिंहदरबारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।



२.फोहोर सडक पेटी
सिंहदरबारका सडक पेटिमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । कतै इँटा, टायरजस्ता सामाग्री सिंहदरबारको फुटपाथमा भेटिन्छन् ।



३.पार्किङ नै कवाडीखाना
सिंहदरबारका सवैजसो पार्किङ स्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।



४.उजाड फूलबारी
सुख्खा मौसम सुरुभएसँगै सिंहदरबारका फूलबरी उजाड बनेका छन् । मन्त्रालयका अगाडि सुकेका फूलका बोटले सिंहदरबारको अस्तव्यस्ताको रुप देखाइरहेको छ ।



५.कुकुर सुत्ने सडक
सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्याटिनका बासी खाना उपलव्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । कुकुर सडकमा र पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् ।



६.फ्याँकिएका फर्निचर
सिंहदरबारको सौन्दर्य बिगार्ने यहाँ यत्रतत्र फ्याँकिएका फर्निचर पनि हुन् । कतिपय कार्यालयको भर्‍याङ,बरण्डालगायतका कुनामा पुराना सामान त्यतिकै फ्याँकिएका हुन्छन् ।



७.पुराना कागजपत्र
मन्त्रालयका कुनामा पुराना कागजपत्र पनि उत्तिकै देख्न सकिन्छ । यहाँ राखिएका कागजमा महत्वपूर्ण दस्तावेज पनि हुन सक्छ । 



८.मन्त्रालय अगाडि फोहोरको डंगुर 
सिंहदरबारको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।



९. खुइलिएका साइन बोर्ड

सिंहदरबरभित्र मुद्रण विभागको साइन बोर्ड खुइलिएको देखिन्छ । अन्य कतिपय मन्त्रालयका बोर्डमा पनि फोहोर जमेको अवस्थामा छन् ।



१०. केरा फल्यो
सिंहदरबारमा अर्को रोचक दृश्य पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...