एजेन्सी- अफगानिस्तानमा तालिबानले काबुलललाई नियन्त्रण गरेको १०० दिनमा त्यहाँबाट प्रकाशन तथा प्रशारण हुँदै आएका २५७ सञ्चारमाध्यम बन्द भएको छ ।
अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले उक्त जानकारी दिएको छ ।
अगस्टमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ ।
तालिबान शासनको यी १०० दिनहरूमा अज्ञात सशस्त्र मानिसहरूको आक्रमण, विस्फोट, आत्महत्या र ट्राफिक घटनालगायत विभिन्न घटनाहरूमा छ जना संवाददाताले ज्यान गुमाएका छन् ।
अहिले अफगानिस्तानमा ७० प्रतिशतभन्दा बढी सञ्चार कर्मीहरूले रोजगारी गुमाएका छन् । उनीहरूमध्ये धेरै विदेश पलायन भएका उल्लेख गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...