एजेन्सी- स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् ।
स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको हो ।
यसअघि एन्डर्सन स्वीडेनको अर्थमन्त्री थिइन् ।
उनी केही समयअघिमात्र सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ चुनिएकी थिइन् ।
उनले अघिल्ला प्रधानमन्त्री एवं पार्टी प्रमुख स्टेफन लपभेनलाई विस्थापित गरेकी हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...