काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले जनगणना गर्ने गणकहरुलाई दार्चुलाको छाङरू र तिंकरसम्म हेलिकप्टरबाट जाने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।
सात विद्यार्थी संगठनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गणकको टोलीलाई भारतले गणना गर्न जान अनुमति नदिएपछि हेलिकप्टरबाट पुर्‍याउनुपर्ने माग राखेका हुन् ।

विज्ञप्तिमार्फत जनगणना सकिन लाग्दा पनि दार्चुलाको व्यास गाउँपालिकामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रको जनगणना नभएकोप्रति सम्बन्धित निकाय र राज्यको ध्यानाकर्षण गराइएको छ । 
‘त्यहाँ गणक पुग्न नसके सेटेलाइट, गुगल फोटो, सीमाक्षेत्रका जनतासँग सोधपुछ वा अन्य विकल्पबाट गणना गर्नु जिल्ला प्रशासन कार्यालयसँग र अन्य सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले उक्त विज्ञप्ती जारी गरेको हो ।   

दार्चुलाको छाङरू र तिंकरमा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...