एजेन्सी- अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो महिला बनेकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरिएको हो ।
ह्यारिसले करिब ८५ मिनेट राष्ट्रपतीय अधिकार सम्हालेकी हुन् ।
राष्ट्रपति बाइडनको ७९औं जन्मजिनको पूर्वसन्ध्यामा उनलाई नियमित क्लोनोस्कोपीका लागि शुक्रबार एनेस्थिसिया दिइएको थियो ।
बाइडनका चिकित्सकहरुले एक वक्तव्य जारी गर्दै उनको अवस्था सामान्य रहेको र राष्ट्रपतिका रुपमा आफ्नो नियमित काम गर्न सक्षम रहेको बताएका छन् ।
कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...