विराटनगर – कांग्रेसका नेता प्रकाशमान सिंहले सभापी शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै  कांग्रेसमा विचलन आएको दाबी गरे । 

कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ। उनले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताए । उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको समेत बताए ।अहिले देशमा सरकार रहेकोले सरकारविहिन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आश्नन अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...