काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै शपथ ग्रहण गराएका छन् ।
गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो ।
यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हालेका थिए ।
यसैगरी सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनालले आआफ्नो मन्त्रालय सम्हाल्दै आएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...