काठमाडौँ- सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख फेरिने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।  

बैठकले प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए ।

प्रदेश संरचना कार्यान्वयनमा गएको ४ वर्ष नपुग्दै २४ जना प्रदेश प्रमुख फेरिएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...