काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा भएको मतदानमार्फत् उनले आफ्नो पक्षमा बहुमत सिद्ध गरेका हुन् ।

उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो भने राप्रपाका सांसदहरू अनुपस्थित भएका थिए ।  

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त भएका हुन् ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...