सुर्खेत- कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
गठबन्धनका २१ प्रदेश सभा सदस्यको समर्थनमा कांग्रेस नेता शाही मुख्यमन्त्री बनेका हुन् ।
मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाहीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
कर्णालीमा सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...